भारतीय टेलिभिजन च्यानल सोनीले आयोजना गर्दै आइरहेको इन्डियन आइडलको पछिल्लो विजेता सौरभी देवबर्मा र उपविजेता कपिल थापा शुक्रबार काठमाडौं आइपुगेका छन्। उनीहरुको साथमा तेश्रो स्थान हात पार्न सफल तोर्सा सरकार पनि रहेकी छिन्। उनीहरुले काठमाडौं र पोखरामा विभिन्न सांगितिक कार्यक्रममा भाग लिने छन्। इन्डियन आइडल बनेपछिको पहिलो प्रस्तुति नै नेपालमा गर्न पाएकोमा कपिलले शुक्रबार प्रसन्नता
व्यक्त गरे। होटल सोल्टीमा भएको संचारकर्मीसँगको भेटमा नेपाली मुलका देहरादुनी नव-गायक कपिलले क्रान्ति आलेले गाएको ´सरकारी जागिरे´ बोलको नेपाली गीतको केही हरफ पनि सुनाए। सानैदेखि नेपाल आउने रहर भएको बताउने कपिलले आफ्नो र चौथो इन्डियन आइडल सौरभीको प्रेमका विषयमा सोधिएको प्रश्नको जवाफ दिने जिम्मा भने सौरभीलाई नै दिए। सौरभीले आफूहरुबीच गहिरो सम्बन्ध रहेको बताउँदै इन्डियन आइडलका सबैभन्दा हितैषी नै कपिल रहेको बताइन्। उनीहरुले शनिबार सदर चिडियाखाना प्रवेशद्वार अगाडिको मैदानमा गाउनेछन् भने केही दिनपछि पोखरामा।
Sunday, March 15, 2009
इन्डियन आइडल सौरभी कपिलका साथ काठमाडौंमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment